क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाइरस (कोभिड-१९) ले मृत्यु भएको सुरक्षागार्डमा कार्यरत नेपाली श्रमिक मान बहादुर लिम्बुको अन्तिम दाहसंस्कार,अन्त्यष्टि कार्यक्रम मलेसियामै सम्पन्न भएको छ।
करिब ५ बर्ष अघि रोजगारीका लागि मलेशिया आईपुगेका मान बहादुर लिम्बु धनकुटा नगरपालिका वडा नम्बर-७ निवासी हुन। उनको कोभिड-१९ संक्रममीत भइ उपचारकै क्रममा जोहोरको सुल्ताना अमिन अस्पतालमा उपचारकै क्रममा सेप्टेम्बर १५ तारिखको दिन मृत्यु भएको थियो।

लिम्बू मलेशियाको जोहोर बाहरु क्षेत्रको जालन ताम्पोई स्थित के फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन. बिचडीमा कार्यरत रहेका थिए, भने १ बर्ष अघि बिदामा घर गई पुनः मलेशिया सोही कम्पनीमा फर्केका थिए।
प्राप्त जनाकारी अनुसार लिम्बुको दाहसंस्कार सनिवार मलेशियामै गरिएको छ, भने समाचार श्रोतका अनुसार २ हप्ता भित्र उनको अस्तु नेपाल परिवार लाई जिम्मा लगाउन पठाईने बताए।




















