अनलाइन बजार दराजको दशैँ धमाका!

काठमाडौं := अनलाइन बजार दराजले आफ्नो वार्षिकोत्सव अभियान दराज दशैँ धमाका घोषणा गरेको छ ।अभियानअन्तर्गत ग्राहकले १० लाखभन्दा बढी उत्पादनमा छुट पाउने कम्पनीले जनाएको छ । अभियानको मुख्य आकर्षण भने निःशुल्क सिपिङ, अनलाइन प्रि-पेमेन्टमा २० प्रतिशतको छुट, पाँच हजारसम्मको मेगा भाउचर, ५० हजारको उत्पादन एकमा जित्ने मौका र बम्पर उपहारमा टिभिएस एनटर्क १२५ स्कुटर रहेको छ । त्यस्तै दराजको नयाँ लाइभ स्ट्रिम सुविधाले ग्राहकलाई अभियान अवधिमा हरेक दिन भाउचर जित्ने मौका प्रदान गर्ने पनि बताइएको छ ।

विशेषगरी नबिल बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौं र सिटिजन्स बैंकका ग्राहकले माथि उल्लेखित पूर्वभुक्तानीमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै एनआइसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डमार्फत् शून्य व्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सकिनेछ भने आइएमई पे वा इसेवामार्फत् भुक्तानी गर्दा १० प्रतिशतसम्मको अतिरिक्त छुट पाइने बताइएको छ । दशैँ धमाकामा सामसुङदेखि एप्पल फोनमा विशेष छुट रहेको छ । त्यस्तै विभिन्न कम्पनीले आफ्ना उत्पादनमा ७० प्रतिशतसम्मको छुट प्रस्ताव गरेको दराजले जनाएको छ ।