क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियामा सुरक्षागार्डमा काम गर्दै आईरहनु भएका एक नेपाली श्रमिकले झुन्डिएर आत्महत्या गरेका छ्न।
पहिले सुरुमा मलेसिया आउदाखेरिको कम्पनी छाडेर भागेर मलेसियामै एक सेक्युरिटी कम्पनीसंग आवद्ध भैई रिहाईरिङ् कार्यक्रम मार्फत अवैधानिकबाट पुनः वैधानिक बनेर सुरक्षागार्डको क्षेत्रमा काम गर्दै आउनुभएका नेपाल ठेगाना दुबरिङ्ग-८ रोल्पा जिल्ला निवासी पासपोर्ट नम्बर ०९८३१७९६ नम्बर रहेका नेपाली श्रमिक कमल ओली क्षेत्रीले यहीँ मिति सन् २०२१ /०९ / २० तारिख सोमबारको दिन झुन्डिएर आत्महत्या गरेका हुन।

सोही सेक्युरिटी कम्पनीमा संगै काम गर्ने नेपाली श्रमिकलेनै बताए अनुसार कमलले आत्महत्या गर्नुभन्दा एकदुई दिन अगाडिदेखि नै आफू लाई शरीर सन्चो नभएको बताउदै कम्पनीबाट छुट्टि लिएर बिदामा बस्नुभएको थियो तर रुमभन्दा अलिक परको सडक किनारमै रहेको एक नयाँ निर्माण भैईरहेको कन्ट्र्क्सन बिल्डिङ भित्र घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको र केहि समयपछि स्थानीय प्रहरी घटनास्थलमा पुगेर रोजगारदाता कम्पनीलाई फोनमार्फत जानकारी दिइएको कुरा मलेसिया स्थित नेपाली दूतावासले मलाया खबरलाई बताउनुभयो।
बिगत ६ बर्षदेखिनै मलेसिया रोजगारीमा रहि काम गर्दै आएका मृतक कमलको मृत शव प्रहरीले पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको छ , भने मृतकको शव नेपाल फर्काउनलाई रोजगारदाता कम्पनीले आवश्यक तयारी गरिरहेको जानकारी प्राप्त भएको छ। कमलले किन आत्महत्या गर्यो ? भन्ने बारे केहि कारण खुल्न सकेको छैन।



















