अमेरिकमा यात्रा प्रतिबन्ध खुकुलो।

न्युयोर्क:= अमेरिकाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरूले प्रवेश पाउने गरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। बेलायत, युरोपेली संघ लगायतका देशका नागरिकका लागि यात्रा प्रतिबन्ध खुकुलो पारिएको हो ।

खोपको पूर्ण मात्रा लगाएका विदेशी यात्रुले कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङपछि अमेरिका जान पाउने छन् । यात्रा प्रतिबन्ध फुकुवाको नियम आगामी नोभेम्बरदेखि लागू हुने जनाइएको छ । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिना अघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लागू गरिएको थियो ।

अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो । पछि अन्य देशका लागि विस्तार गर्दै लगिएको थियो । हाल पछिल्लो १४ दिनभित्र बेलायत, अन्य युरोपेली देश, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्राजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको छ ।