मलेसियाले कोरोना माहामारीको कारण नेपालसहित पाँच देशमाथी लगाएको प्रतिबन्ध हटायो।

एजेन्सी क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले कोरोना भाइरसको माहामारीको संक्रमण अत्याधिक बढेको  कारण नेपाल सहित पाँच देशमाथी लगाएको प्रतिबन्ध हटाएको छ।

मलेसिया सरकारले नेपाल , भारत , बाङ्लादेश , पाकिस्तान , श्रीलंका गरि पाँचवटा देशको नागरिकलाई मलेसिया प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको , खुल्ला गरेको हो।

मलेसियामा पछिल्लो समय कोरोना माहामारी कम हुँदै गएपछि जारी गरिएको एमसिओ खुकुलो पारिएको छ। एमसिओ  खुकुलो भएसंगै प्रतिबन्ध खुलाइएको हो।
अब सरकारले आवागमन अनुमति दिइएसंगै मलेसियाको दीर्घकालीन भिसा प्राप्त गरेर पनि मलेसिया प्रवेश गर्न नपाएका , मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासी नागरिक , मलेसिया सरकारले भिसा जारी गरेका नेपालीहरु समेत मलेसिया प्रवेश गर्न पाउने भएका हुन्।

तर विदेशी श्रमिक मलेसिया प्रवेश गर्न पाउनेको हकमा भने आउन पाउने कि ? नपाउने कि ? भन्ने बिषयमा अन्यौलता कायमनै रहेको छ। किनभने मलेसिया सरकारको मानव संशाधन मन्त्री एम.साराभानानले केहिदिन अगाडि मात्रै स्थानीय सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भनेका थिए कि , “सरकारले यो बर्षको डिसेम्बर महिनासम्ममा कुनैपनि अन्तर्राष्ट्रिय देशको विदेशी कामदार भर्ना नलिने, विदेशी कामदार प्रवेशमा पुर्ण रुपमा प्रतिबन्ध लगाइएको भनेर भनेका थिए।”

मलेसियामा प्रवेश गर्ने नागरिकहरुले मलेसिया प्रवेश गर्नको लागी कोरोना विरुद्धको खोपको पुर्ण मात्रा लगाएको हुनुपर्ने र साथमा प्रमाणपत्र पनि हुनुपर्ने , क्वारेन्टाइनको लागी होटेल बुकिङ कनफर्म भएको हुनुपर्ने , साथै मलेसिया सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र अध्यागमन सम्बन्धि विशेष प्रक्रियाहरु पूरा गर्नुपर्ने , अनुमति प्राप्त गरेको हुनुपर्ने लगायतको विभिन्न प्रावधान हरु पार गरेर बल्ल मलेसिया प्रवेश गर्न पाउने जनाइएको छ।

सरकारले जारी गर्ने फेज १ , फेज २ , फेज ३ , फेज ४ गरि चारवटा जुनसुकै अवस्थाको सुधार योजना ल्याएतापनि दुबै डोज खोप लगाईसकेकोहरुले अबदेखि रेष्टुरेन्टमा बसेर एसओपी पालना गर्दै खाना खान पाउने भएका छ्न।

बजार , पसल , सपिङ्गमलहरुमा प्रवेश गरि किनमेल गर्न पाउनेछ्न। बाहिर हिलडुल गर्न पाउने , शारीरिक ब्यायाम , खेलकुद , साईकलिङ् लगायत गर्न पाउनेछ्न। त्यस्तै सैलुनमा कपाल कटाउन पाउने लगायतको सुविधा उपभोग गर्न पाउनेछ्न।

पछिल्लो समय मलेसियामा कोरोना विरुद्धको खोपमा सरकारले स्वदेशीसंगै विदेशी कामदार नागरिकहरुसंग पनि कुनै किसिमको अनावश्यक भेदभाव नगरेको पाइएको छ र सरकारले यहाँ रहेका सम्पुर्ण नागरिकलाई निर्धक्क भएर दुबै डोज खोप लगाउन बारम्बार अनुरोध समेत गरिरहेको छ।

वैधानिक मात्रै हैन अवैधानिक विदेशी नागरिकहरुले समेत सजिलै कोरोना विरुद्धको खोप पाइरहेको जनाइएको छ।
खोप प्राप्त गर्न मोबाईल एप्स माई सेजाहतेरामा भ्याक्सिनको लागि रेजिष्ट्रर गर्नुपर्ने हुन्छ, अथवा आफू बस्ने ठाउँ नजिकै वाल्कइन् सुविधा सहितको भ्याक्सिनेशन सेन्टर खुलेको भए त्यहीँ गएर भ्याक्सिन लगाउन मिल्ने जनाइएको छ।

भ्याक्सिन लगाउन जाँदा आफ्नो साथमा अनिवार्य रुपमा पुरानो/नयाँ पासपोर्ट अथवा पासपोर्टको फोटोकपी , वा सरकारले जारी गरेको प्रमाणपत्रको फोटोकपी वा आफ्नो परिचय खुल्ने कुनैपनि आईडी भएको हुनुपर्नेछ्न।