जमानतमा छुटे शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा!

एजेन्सी := पोर्नोग्राफी मामलामा जेल जीवन विताइरहेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रालाई ६० दिनपछि जमानत मिलेको छ । मुम्बई कोर्टले उनको जमानत निवेदनमा निर्णय गर्दै उनलाई रि’हा गर्न आदेश दिएको हो । विजनेशम्यान कुन्द्रा ५० हजार ध’रौटी तिरेर छुटेका हुन् । उनले अ’श्ली’ल (पो’र्न) फिल्म भारतमै बनाएर विदेशको सःशुल्क एपमा रिलिज गरेको आ’रोप छ ।

प्रहरीले प’क्रा उ गरेपछि राज कुन्द्राले १८ सेप्टेम्बरमा अदालतमा जमानतका लागि निवेदन दिएका थिए । उनले आफ्नो वकिल प्रशान्त पाटिलको माध्यमबाट दिएको निवेदन माथि सोमवार सुनवाइ भएको हो। निवेदनमा कुन्द्राले भनेका थिए, ‘मलाई ब’लिको बोको बनाइयो । केसमा प्रस्तुत गरिएको अरोप पत्रमा कथित आप’त्तिजनक फिल्म बनाउन मेरो हात छ भन्ने कुनै प्रमाण छैन ।’

पो’र्नो ग्रा’फी मु’द्धामा मुम्बई क्रा’इम ब्रान्चका अधिकारीले केही समय अगाडि सप्लि मेन्ट्री चार्जसिट अदालतमा दर्ता गरेको थियो । चार्जसिट करीब १४ सय ६७ पान्नाको थियो भने ४३ जना साक्षीको बयान समावेश थियो । तर, उक्त चार्जसिटमा राज कुन्द्राले अ श्लि’ल फिल्म बनाएर अपलोड गर्ने गरेको प्रमाण नभएको राजका वकिल प्रशान्त पाटिलले भारतीय मिडियासँग बताएका छन् ।

राजको मु’द्धामा मुम्बई क्रा’इम ब्रान्चले अभिनेत्री शिल्पा शेट्टीसँग पनि बयान लिएको थियो।उनले पतिको कम्पनी आर्म्सप्राइम मिडियाले सर्ट भिडियो बनाउने गरेको भए पनि अ’श्लि’ल फिल्म निर्माणको बारेमा केही जानकारी नभएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘म आफ्नै काममा व्यस्त हुन्थेँ र पतिसँग के गर्दै हुनुहुन्छ भनेर सोध्ने गर्दिन थिएँ । यसबारेमा मलाई केही थाहा छैन ।’