चाड पर्व नजिकिएसँगै भोजपुरमा बजार अनुगमन सुरु।

भोजपुर:= चाड पर्व नजिकिँदै जाँदा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पनि बजार अनुगमनलाई तिव्रता दिन थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय भोजपुर अरुण गाउँपालिकाको केन्द्र प्याउली बजारमा बजार अनुगमन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत रामप्रसाद दाहाल नेतृत्वको टोलीले प्याउलीमा रहेका पसलहरुको अनुगमन गरेको हो । चाड पर्व नजिकिदै गएकाले सरोकारवाला निकाय सहित बजार अनुगमन सुरु गरिएको प्रशासकीय अधिकृत दाहालले बताउनु भयो ।

अनुगमनका क्रममा उत्पादन मिति नाघेका सामाग्रीहरु समेत फेला परेको अनुगमनका सहभाष् िजिल्ला प्रशासन कार्यालय भोजपुरका नायव सुब्वा मखन श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो अनुगमनका क्रममा करिव १० हजार बरावरको उत्पादन मिति सकिएका सामाग्रीहरु नष्ट गरिएको छ ।

चाड पर्वमा देखिने गरेको मुल्य बृद्धि, सामाग्रीको अभाव, ब्यवसायीका समस्या लगायतका बिषयमा बुझन तालिका बनाएर नै बजार अनुगमन थालिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।