ओमान विरुद्ध नेपालको शानदार जीत, कप्तान ज्ञानेन्द्रले गरे अर्धसतक पूरा।

ओमान := विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आईतवार भएको खेलमा ओमन विरुद्ध नेपालले ७ विकेटको शानदार जीत निकालेको छ । टस जीतेर फिल्डिगं गरेको नेपालले उत्कृष्ट बलिंग गर्दै ओमनलाई १२१ रनमा ३७.१ ओभरमा अलआउट गरेको थियो।

ओमनले पेश गरेको १२२ रनको चुनौती नेपालले ३ विकेटका क्षतिमा १८.२ ओभरमा पूरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गर्दै ५२ रन बनाए । ओपनर कुसल भुर्तेल ६ रनमा आउट हुँदा आशिफ शेख ४० रनमा आउट भएका थिए । उनले ७ चौका प्रहार गरे । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले नेपाललाई जीत तर्फ डोर्याएका थिए ।

अघिल्लो खेलमा निराशजनक प्रदर्शन गरेका बलरहरुले आज शानदार बलिगं गर्दै ओमनलाई १२१ रनमा ३७.१ ओभरमै अलआउट गरेका छन् । आज सन्दीप लामीछाने र करण केसीले समान चार चार विकेट लिए । सन्दीपले ८.१ ओभरमा १८ रन खर्चिएर चार विकेट लिए । त्यसै गरी करण केसीले पनि ८ ओभरमा २५ रन दिएर ४ विकेट लिए ।

शरद भेस्वाकरले ६ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
यस अघि तीन खेलमा हराएको ओमनलाई आज पराजीत गरी नेपालले बदला समेत लिएको छ । ओमनका लागि मकसुदले सर्वाधिक ४१ रन जोडेका थिए । यो जीतसँगै ८ खेलमा चार जीत सहित ८ अंक जोड्दै नेपाल समुहको चौथो स्थानमा उक्लिएको छ । नामिबियासँग अंक बराबरी भए पनि रनरेटका आधारमा नेपाल चौथो स्थानमा पुग्न सफल भएको छ ।