[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको क्रममा मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ।
आज आईतवार बिहान करिबकरिब ०४:०० बजेको समयमा सल्यान जिल्ला निवासी २५ बर्षिय नेपाली श्रमिक गोविन्द खनालको मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै ठाउँको ठाउँ मृत्यु भएको मलेसियामै कार्यरत मलाया खबर सहकर्मी तिलोचन गौतमले जानकारी गराउनुभयो।

सहकर्मी गौतमले दिइएको जानकारी अनुसार गोविन्द खनाल चाडैंनै स्वदेश फर्किने तयारीमा रहेका थिए। घर जान लागेको खुसियालीमा हिजो शनिबार रातीको समयमा साथीभाईहरुसंग खानपिन गरेर बिहान मोटरसाइकलमा सवार भएर गोविन्द खनाल र देव बहादुर मगर सडकमा निस्केका थिए । अत्याधिक गतिका कारण दबैजना चढेको मोटरसाइकल सडकमा अनियन्त्रित भैइ दुर्घटना हुँदा गोविन्दको मृत्यु भएको र देव बहादुर मगर गम्भीर घाइते भएको जनाइएको छ।
मोटरसाइकल कसको थियो र बिहान् बिहान् कहाँ जादै थियो भन्ने बारे उनका साथीहरु पनि अनबिज्ञ रहेको छ।
दुर्घटना भए लगत्तै मलेसियन प्रहरी घटनास्थलमा पुगेर हाल मृतक गोविन्दको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको छ्न , भने गम्भीर घाइते मगरको उपचार साहआलममै अवस्थित एक अस्पतालमा भैइरहेको जनाएको छ।




















