प्रदीपको ‘गेट रेडी’ सार्वजनिक।

काठमाडौं:= नायक प्रदीप बस्तोलाको ‘गेट रेडी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा पपुलर ¥यापर गिरिश खतिवडाको बिट रहेको छ भने बुलेट फ्लोर नायक प्रदीपले गाउनु भएको छ।

भिडियोमा उहाहरूकै प्रस्तुति छ भने फिमेल मोडलमा अमृता खनाल र मनिता श्रेष्ठ हुनुहुन्छ । भिडियो खिच्ने र सम्पादन गर्ने काम लोकेन्द्रले गर्नुभएको छ । भिडियोमानिर्देशन भने नायक प्रदीपकै छ । बिहे भाइसकेको जोडी भए प्रदीप र अमृतालाई निकै नै रोमान्टिक मुडमा देखिन्छ र लाग्छ यो उहाहरूको पहिलो डेट को फ्ल्याश ब्यक हो।

नायक प्रदीप र र्‍यापर गिरिशको यो दोस्रो शहकार्य हो । दुवै गीत गिरिश खतिवडा युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । प्रदीपले केही महिनाअघि ‘पिपल चौतारी’नामक गीतको भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको थियो।