प्रेमिल शैलीको प्रभात र कविता अभिनित ’एकै छिन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ:= प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी, निराशालाई  समेटेर तयार पारिएको प्रेमिल शैलीको  ’एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ ।  गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई  वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द  गरेका हुन्। गीतमा विषम आचार्यको  संगीत संयोजन रहेको छ ।

म्युजिक भिडियोमा  प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड छन्  ।श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  भिमा लोहार निर्मात्री रहेको  यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :