उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार।

एजेन्सी := उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा ती मिसाइल प्रहार गरेको दक्षिण कोरियाले पुष्टि गरेको हो । यसअघि दक्षिण कोरियाले पूर्वी सागरमा एउटा अपरिचित प्रोजेक्टाइल खसेको जनाएको थियो ।

जापानको तटीय गार्डले पनि उत्तरले ब्यालेष्टिक मिसाइल प्रहार गरेको जनाएको छ । उत्तर कोरियाको पछिल्लो परीक्षणले प्योङयाङमाथि आणविक गतिविधि नियन्त्रण गर्ने राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गरेको छ ।

केही दिनअघिमात्र उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । सो मिसाइल जापानको अधिकांश भू–भागमा पुग्ने क्षमता राख्थो । सो क्रुज मिसाइलमा आणविक हतियार राख्न मिल्ने विज्ञहरूले बताएका छन् । राष्ट्रसंघको सुरक्षा परिषद्ले क्रुज मिसाइल परीक्षणमा भने प्रतिबन्ध लगाएको छैन् ।

ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणले उत्तरको परमाणु गतिविधिलाई रोक्नको लागि डिजाइन गरिएको संयुक्त राष्ट्रको प्रस्तावहरूको उल्लंघन गर्दछ । दक्षिण कोरिया र जापानले थप विवरण दिएका छैनन् ।