सेलिब्रेटीको कार्यक्रममा नेताले यस्तो कपडा लगाएपछि डोनाल्ड ट्रम्पका छोरा जंगिए।

काठमाडौं:= अमेरिकाकी लेफ्ट प्रोग्रेसिभ महिला नेतृ अलेक्जेन्ड्रा ओकेसियो कोर्टेजले चर्चित सेलिब्रेटी इभेन्ट मेट गालामा उपस्थिति जनाएकी छिन् । तर उनी यो कार्यक्रममा लगाएको कपडाका कारण ट्रोल भएकी छिन् । अलेक्जेन्ड्राले यो कार्यक्रममा लगाएको आफ्नो पहिरनमा ‘ट्याक्स द रिच’ अर्थात ‘धनीहरुलाई कर लगाउ’ लेखेकी थिइन् ।

अलेक्जेन्ड्रा गएको यो कार्यक्रममा अमेरिकाका सबैभन्दा एलिट सेलिब्रेटीहरु पुग्छन् । यस वर्ष पनि हलिउड सुपरस्टारहरु मेगन फक्स, केंडल जेनर, एलन मस्ककी पार्टनर ग्राइम्स र सुपरस्टार गायिका जेनिफर लोपेज यो कार्यक्रममा गएका थिए । रिपोर्टका अनुसार यो कार्यक्रमको टिकट मूल्य ३० हजार डलर थियो ।

अलेक्जेन्ड्राको यो पहिरनका कारण सामाजिक संजालमा धेरै किसिमका प्रतिक्रियाहरु आएका छन् । केहीले धनीहरुको कार्यक्रममा गएर धनीहरुलाई नै निशाना बनाउनु अलेक्जेन्ड्राको अनावश्यक काम र पाखण्ड भएको बताएका छन् । केहीले भने अलेक्जेन्ड्राले यो ड्रेसको माध्यमले कहीँ न कहीँ अमेरिकाका धनी वर्गलाई सन्देश दिइरहेको बताएका छन् ।

 

अलेक्जेन्ड्राको यो ड्रेस देखेर अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर भने निकै जंगिएका छर र उनले यी नेतालाई फ्रड भनेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘ट्याक्स द रिच ड्रेस लगाउने अलेक्जेन्ड्रा लेफ्ट विचारधाराका धनी व्यक्तिहरुसँग घुमिरहेकी छिन् र विगत डेढ वर्षदेखि मास्कको वकालत गरेपछि बिना मास्क कार्यक्रममा पुगेकी छिन् ।’

अलेक्जेन्डले भनेकी छिन् ‘एक कामकाजी महिला भएको नाताले म यो कार्यक्रमको मजा लिन चाहन्थें तर आफ्नो ड्रेसको सहारामा म यो उद्योगलाई चुनौती पनि दिन चाहन्थें । मैले जब आफ्नो डिजाइनरसँग यो ड्रेसको विषयमा कुरा गर्न सुरु गरें त्यतिबेला मैले भनेकी थिएँ कि हामी केवल यो इभेन्टमा सहभागी हुँदैनौं साथमा एक सशक्त सन्देश पनि दिन चाहन्थ्यौं।’