बहराइनमा आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल।

बहराइन := बहराइनस्थित एन.एच.एस.कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि प्रक्रिया अगाडि बढाइएको छ । बहराइनमा रहेको नेपाली राजदूतावासका अनुसार सो कम्पनी व्यवस्थापकसँग भएको विवादपछि स्वदेश फर्कन चाहने आन्दोलनरत नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि पहल अगाडि बढाइएको हो।

कम्पनीमा विभिन्न समस्याहरू भएपछि एनएसएच कम्पनीमा कार्यरत ७ सयभन्दा धेरै श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए । श्रमिकहरूले काम छाडेर आन्दोलन थालेपछि दूतावासले समस्या समाधानको बाटो अघि बढाएको थियो।

उनीहरुलाई स्वदेश फिर्तीका लागि नयाँ ठाउँमा स्थानान्तरणसमेत गरिसकिएको दूतावासले जनाएको छ । यहि सेप्टेम्बर १२ मा दूतावास, बहराइनको श्रम मन्त्रालय र कम्पनीका पदाधिकारीको रोहवरमा घर फर्कन चाहने श्रमिकलाई स्वदेश फिर्तीको सहजीकरणको लागि स्थानान्तरण गरिएको हो। त्यस्तै, श्रमिकले नियम अनुसार पाउनु पर्ने सेवा सुविधाहरुका सम्बन्धमा हिसाब मिलाएर मात्रै नेपाल पठाइने दूतावासले जनाएको छ।

हेर्नुहोस बहराइन स्थित नेपाली दूतावासले जारी गरेको प्रेस बिज्ञप्ति :