अपदस्थ अफगानिस्तानको उपराष्ट्रपति सालेहको घरबाट ७७ करोड र १८ वटा सुनको इँटा बरामद!

एजेन्सी := ता’लिबानले सत्ता क’ब्जा गरेपछि अफगा’निस्तानका विस्थापित उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ झन्डै ७७ करोड भन्दा बढी) रकम र १८ वटा सुनको इँटा बरा’मद गरेको दाबी गरेको छ। ता’लिबानको दाबी छ– पन्जसिर क’ब्जापछि ता’लिबानी ल’डा’कुले सालेहको लु’क्ने स्थान क’ब्जा गरेका छन्।

ता’लिबानका ल’डा’कुले एक भिडिओ जारी गर्दै यो कुराको पुष्टि गरेका छन्। उक्त भिडिओ ता’लिबानको अकाउन्टमा भाइरल भइरहेको छ। भिडिओमा देखिन्छ– चार/पाँच जना ता’लिबानी ल’डा’कु एउटा घरमा पसेका छन्। घरको खा’नतलासी गरिरहेका छन्। झोलाहरू छ’रिएका छन्। केही झोला ड’लरको गड्डी र सुनका इँटाले भरिएका छन्।

यसअघि ता’लिबानी ल’डा’कु अमरुल्लाह सालेहको घर पुगेका थिए। सालेहको पुस्तकालयमा बसेर उनीहरूले तस्बिर पनि सार्वजनिक गरे।गत अगस्ट १५ मा ता’लिबानले अफगा’निस्तानको राजधानी का’बुल क’ब्जा गरेपछि राष्ट्रपति असरफ गनी देश छाडेर भागे भने उपराष्ट्रपति सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे। ता’लिबानले ह’मला गरेपछि भने उनीहरू दुवै ताजिकिस्तान भा’गेका छन्।