नेपाली चियाको ट्रेडमार्कमा उद्योगी सहभागिता बढ्दै।

इलाम := अन्तराष्ट्रिय बजारमा नेपालको उत्पादन भएको चिया आफ्नै ट्रेडमार्कमा निर्यात गर्ने उदेश्यले नेपाली चियाको टे«डमार्क लिने उद्यमीको संख्या बढेको छ । अघिल्लो वर्षबाट वितरण शुरु भएको ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क लिने उद्यमीको संख्या २४ पुगेको हो । नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ ।

गत बर्ष १२ उद्योग र विक्रेताले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क पाएका थिए । यस बर्ष थप १२ जनाले टे«डमार्क पाएसँगै उद्योगीको संख्या २४ पुगेको हो । इलाम, पाँचथर र मोरङका चिया उद्योग र विक्रेतालाई ट्रेडमार्क दिइएको हो । राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका कार्यकारी निर्देशक डा बिष्णु प्रसाद भट्टराई र सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले यस वर्ष संयुक्त रुपमा ट्रेडमाक हस्तान्तरण गरेका हुन् । अर्गानिक प्रमाणीकरण भएका इलामका १०,पाँचथर १ र मोरङको १ उद्योगले यस वर्ष ट्रेडमार्क पाएका छन् ।

बोर्डले २ बर्ष अघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो । ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ । तोकिएको मापदण्ड शतप्रतिशत पूरा गरेका उद्योगले मात्रै ट्रेडमार्क पाउँने इलाम सदरमुकामका चिया विक्रेता हरी गुरुङ्गको भनाई छ ।

बोर्डले हरेक वर्ष चिया उत्पादकका लागि ट्रेडमार्क प्रयोग गर्नेबारे आवेदन खुलाउँछ र अघिल्लो वर्ष पाएको ट्रेडमार्क हरेक वर्ष नवीकरण गराउनुपर्ने प्रावधान छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ । प्रकृति जोगाउने, मानिसलाई आदर गर्ने, स्वच्छ तथा सबैले देख्नेगरी उत्पादन गर्न सक्ने र गुणस्तरमा ध्यान दिएको हुनुपर्ने गरी ४ सर्त निर्देशिकामा व्यवस्था छ । माटोको परीक्षण, लगाइएका श्रमिकको अधिकार कार्यान्वयनमा पनि निर्देशिकाले उल्लेख गरेको छ । चियालाई अर्गानिक प्रमाणीकरण गरी बिश्व बजारमा नेपाली चियाको बजार बिस्तारमा टे«डमार्क कोसेढुंगा सावित हुने सरोकारवालाको भनाइ छ ।

तस्रो मुलक चिया निर्यात गर्ने उद्योग समस्यामा  

हवाई र पानिजाहाज भाडा वृद्धिले नेपालमा उत्पादन भएको अर्गानिक चिया तेस्रो मुलक निर्यात गर्ने उद्योगहरु समस्यामा परेका छन् । ३ सय प्रतिसत सम्म भाडावृद्धिले नेपालमा उत्पादन भएको चिया तस्रो मुलुकमा निर्यात गरि अन्य देशको चियासँग प्रतिस्पर्धामा समस्या परेको हो ।  अर्गानिक चिया उत्पादन गर्ने नेपालका ६ वटा चिया उद्योगले तेस्रो मुलुकका बजारमा नेपाली अर्गानिक चिया पु¥याएर बिक्रि गर्दै आएका छन् । उद्योगीले  अन्तराष्ट्रिय बजारमा ३० प्रतिशत हवाइजाहाज र ७० प्रतिशत पानिजाहाजबाट चिया पु¥याउने गरेका हुन् ।

कोरोना माहामारी अघि युरोपेली देशमा हवाइजाहाजबाट प्रतिकिलो ३ सय रुपैयाँमा ढुवानी हुँदै आएको नेपाली चिया अहिले प्रतिकिलो एक हजार २ सय पुगेको छ । २० फुटको लम्बाइको एक कन्टेनर चिया युरोप ढुवानीमा २ हजार ३ सय डलर लाग्दै आएपनि अहिले ६ हजार ६ सय डलर पुगेको हो ।

बन्दरगाहा नभएको देशका उद्योगीलाई निर्यातमा परेको अतिरिक्त भारले प्रतिस्पर्धी क्षमता खस्कदा नेपाली उद्योग धरासायी हुने गोर्खा टि स्टेटका संचालक उदय चापागाईले बताए । नेपालमा उत्पादन भएको चिया झापाको काकरभिट्टाबाट कन्टेनरमा लोड गरि भारतको कलकत्ता बन्दरगाहाबाट युरोपका देशमा पानिजाहाजबाट निर्यात गरिन्छ।

झापाको काकरभिट्टासम्म नेपाली सवारीसाधनबाट चिया ढुवानी हुन्छ । पानिजाहाजबाट चिया ढुवानीका लागि नेपाली व्यवसायीले भारतीय सवारीसाधन र कन्टेनरको प्रयोग गर्छन् । तर युरोप चिया ढुवानीका लागि कलकत्ताबाट कम संख्यामा पानिजाहाज संचालन हुँदा अहिले ठाउँ नै पाउन समस्या रहेको उद्योगीको भनाइ छ । नेपालको इलाम, पाँचथर र धनकुटाका ६ उद्योगले अर्गानिक प्रमाणिकरण भएको ३ लाख किलो नेपाली चिया युरोपका बजारमा बिक्रि हुन्छ । नेपालमा उत्पादन भएको चिया बढी मात्रामा जर्मनीका सहरहरुमा बिक्रि हुने गरेको छ ।