शिवरात्रीमा आउँदै नेपाली चलचित्र ‘लप्पन छप्पन २’

काठमाडौं:= नेपाली चलचित्र ‘लप्पन छप्पन २’ आउँदो शिवरात्रीमा प्रदर्शन हुनेभएको छ । कोरोनाले धकेलिएको यो चलचित्रको नयाँ प्रदर्शन मिति निर्माण पक्षले तयार सार्वजनिक गरेको हो । निर्देशक मुकुन्द भट्टका अनुसार यो सालको फागुन १३ गते प्रदर्शनमा आउँदैछ।

फागुन १३ गते शिवरात्री पर्दछ । यस्कै अवसरमा ‘लप्पन छप्पन २’ टिमले फिल्मलाई हलमा रिलिज गर्न लागेको हो । चलचित्रमा सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही शक्ति श्रेष्ठलगायत कलाकारको अभिनय छ।

एक्सन प्रधान फिल्मलाई युरोपका विभिन्न देशमा खिचिएको छ। ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको नयाँ फिल्म ‘एक्स ९’ प्रि-प्रोडक्सन चल्दैछ । चलचित्रमा सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाललगायत कलाकारको अभिनय छ।