अमेरिकाको ल्याक्सिङटनमा सुदूरपश्चिम समाज गठन, अध्यक्षमा उद्धवराज उप्रेती।

अमेरिका := सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवद्र्धनका लागि अमेरिकाको केन्टकी राज्यस्थित ल्याक्सिङटन शहरमा रहेका सुदूरपश्चिमका नेपालीहरू एकीकृत भएका छन् ।

उहाँहरूले श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा ‘सुदूरपश्चिम समाज ल्याक्सिङटन’ गठन गरिएको हो । गौरा पर्वको अवसर पारेर ल्याक्सिङटमा भएका सुदूरपश्चिमका नेपालीहरूले यो समाज गठन गर्नुभएको हो ।

श्रष्टा उद्धवराज उप्रेतीको अध्यक्षमा गठित सुदूरपश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अवस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिवमा मानबहादुर शाह (मानव), सहसचिवमा गोविन्द अवस्थि, कोषाध्यक्षमा विनोद पन्त रहनुभएको छ ।

यस्तै सो समाजको कार्यसमिति सदस्यहरूमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेकप्रसाद न्यौपाने र विवेक ढकाल रहनुभएको छ । समाजले त्यहाँ गौरापर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियोसमेत छायांकन गरेको छ ।

अब यो समाजले सुदूरपश्चिमबाट अमेरिका गएकालाई एकीकृत गरेर सुदूरपश्चिमको भाषा, संस्कृत, गीतसंगीतको प्रवद्र्धन गर्ने बताइएको छ ।