नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रिपूर्ण महिला फुटबल बराबरीमा सिमित।

काठमाडौं:= नेपालको राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरी खेलेको छ।

हिजो आईतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा सकिएको हो । नेपालले अहिलेसम्म बंगलादेशसँग हार खानु नपरेको भए पनि मैत्रिपूर्णमा जित निकाल्दै घरेलु मैदानमा आफ्नो शान कायम राख्न चाहन्थ्यो ।

खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । नेपालका लागि दुवै गोल डेब्यु खेलाडी प्रीति राई र सविता राना मगरले गरेका थिए।

नेपाल एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीमा रहेको छ । उज्वेकिस्तानमा असोज २ र ५ गते हुने खेलमा नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । नेपाली टिमलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । नेपाली टिम त्यसतर्फ आज (सोमबार) नै प्रस्थान गर्नेछ ।