मदनकृष्णको स्वरमा ‘जीवनको पाना’

काठमाडौं:= वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक गरिएको छ । बमकुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले भर्नुभएको छ । देवेन्द्र नेवाले गीतको संगीत संयोजन गर्नुभएको हो । भिडियोलाई राज केसी निर्देशन गर्नुभएको छ भने उक्त भिडियोको दृश्य कैद उत्तम हुमागाईँको रहेको छ।

मदनकृष्ण श्रेष्ठ, अभिनेता सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेल भिडियोमा अभिनय गर्नुभएको छ । रमेश थापाको सम्पादन भिडियोमा देख्न सकिन्छ । भिडियोको कन्सेप्ट अभिनेता सरोज खनालले नै तयार पार्नुभएको हो । गीत केन्द्र मोसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।