अब बिजुलीको बिल खल्तीबाटै भुक्तानी।

काठमाडौं:= खल्ती वालेटले सर्वसाधारण, साना, मझौला तथा ठूला उद्योगलाई पाँच लाखसम्मको विद्युत् महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र खल्तीका प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नुभएको छ ।

खल्तीको होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकनमा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजेसम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।