कुवेत := कुवेतमा विमानस्थलको भूमिगत पाईप मर्मत गर्दै गरेका दुई नेपाली युवाको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । टर्मिनल पाईप मर्मतको क्रममा उनीहरु बालुवाको ढिस्को खसेर पुरिएका थिए ।
कुवेत सिटीस्थित नेपाली दूतावासकाअनुसार मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी हुन् । सोही घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ ।
नेपाली दूतवासले एक विज्ञप्ति जारी गर्दै घटनामा परी दुःखद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।
घाईतेको अवस्थाका बारेमा पनि राजदुतावासले जानकारी लिएको जनाएको छ ।



















