काठमाडौं:= नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ । इक्रा नेपालले जारीकर्ता रेटिङलाई विद्यमान ऋणपत्रको रेटिङमा पनि स्तरवृद्धि गरेको हो । उक्त रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको देखाउने बैंकको दाबी छ ।
बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्च नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्वलगायत तथ्यका आधारमा बैंकको रेटिङको स्तरवृद्धि गरिएको बताइएको छ ।




















