काठमाडौं := अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । काठमाडौं थापाथलीस्ठित नर्भिक अस्पतालमा बुधबार बिहान शर्माले ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन्।
कमेडी च्याम्पियनको आधिकारिक पेजमा यसबारे जानकारी दिइएको छ। अभिनेत्री ऋचा शर्मा एक बर्ष अगाडि वैवाहिक जिवनमा बाधिएकी थिइन्।




















