आज मिति २०७८ साल भाद्र २२ गते मंगलबार औँसी उप्रान्त प्रतिपदा तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४६ सूर्यास्त १८ः१६ कुशेऔँसी गोकर्णस्नान बुबाको मुख हेर्ने दिन ।
मेष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
वृष : यात्रामा समस्या आइपर्न सक्छ सचेत रहनुपर्ला ।
मिथुन : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
कर्कट : व्यापार व्यवसायमा राम्रै सफलता प्राप्त हुन सक्छ ।
सिंह : मान सम्मान पाउँदा मन हर्षित हुनेछ ।
कन्या : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।
तुला : विशिष्ट व्यक्तित्वहरूसँग भेट गर्ने मौका मिल्न सक्छ ।
वृश्चिक : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
धनु : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।
मकर : अतिथिको आगमन हुँदा मन खुसी हुनेछ ।
कुम्भ : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।
मीन : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।




















