कुवेत:= मदिरा प्रतिबन्धित रहेको देश कुवेतको कुवेती शहर हवालीस्थित अपार्टमेन्टलाई मदिरा कारखानामा रुपान्तरण गरेका ४ जना नेपाली नागरिकहरु लाई कुवेती प्रहरीले पक्राउ गरेको छ।
एसियालीमुलका व्यक्तिले कुवेतको राजधानी कुवेत सिटीको प्रमुख व्यवसायीक ठाउँ हवालीमा ९ वटा अपार्टमेन्टलाई मदिराको कारखाना बनाएको सूचना पाएपछि गृहमन्त्रालयले प्रहरीको विशेष टोली परिचालन गरेको थियो।
कुवेती सुरक्षाकर्मी र महानगरपालिकाको संयुक्त टोलीले पुरै एरियालाई नियन्त्रणमा लिएर गरेको खानतलासीका क्रममा एसियालीमुलका भनिएका व्यक्ति नेपाली भएको प्रमाणित भएको थियो। खानतलासीमा सयौं ब्यारल रक्सी तथा मदिरा बनाउने सामान प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय अनलाइन मिडिया अरब टाईम्सले समाचारमा लेखेको छ।

हवाली सेक्युरिटीद्वारा उक्त कारखाना भित्र छापा मार्दा त्यहाँ नेपालीद्वारा अवैद्य मदिरा बनाउने गरेको पाएको समाचारमा उल्लेख छ। छापा मार्ने क्रममा ठूलो परिमाणमा बेच्नका लागि तयारी अवस्थामा राखिएको मदिरा बरामद गरेको छ। जसमध्य ब्यारल लोकल मदिरा प्रहरीले बरामद गरेको थियो।पक्राउ परेकाहरु चारै जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ भने कानुनी कारवाई अनुसार देश फर्काउने तयारी भइरहेको बताइएको समाचारमा उल्लेख छ ।
कुवेतमा पछिल्लो समय अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नेपालीहरूको संलग्नता देखिन थालेको छ। यसअघि पनि अवैध मदिरा उत्पादन तथा बिक्री वितरणको मुद्धामा प्रहरीले केही नेपाली पक्राउ गरिसकेको छ।
Source : titopati.com




















