[ राम प्रसाद सुबेदी संगम ]
क्वालालम्पुर (मलेसिया):= साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे आयाेजनामा भर्चुअल अनलाइन माध्यमद्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न भएकाे छ।
आईतबार साहित्यिक चौतारी नेपाल मलेसिया शाखा अध्यक्ष खेम मगर कान्छाकाे सभापतित्व, बरिस्ठ गजलकार तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य बूँद रानाकाे प्रमुख अतिथ्यता,नेपाली राजदुतावास मलेसियाकि दितिय सचिव यसु बस्नेत र साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, संस्थापक अध्यक्ष,सन्दीप संग्रौला ‘दिलदुखी’काे बिशिस्ट अाथित्यता तथा विभिन्न अतिथिवर्गहरुको भब्य उपस्थितिमा तिज विशेष शुभकामना अादानप्रदान संगै परिचयपत्र बितरण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा हिन्दु नेपाली नारीहरुकाे महान चाड हरितालिका तिजकाे अवसर पारी तिज बिशेष शुभकामना अादान प्रदान, यसअघि पुनरगठित साहित्यिक चाैतारी नेपाल मलेसिया शाखाका पदाधिकारी तथा सदस्य हरुलाई संस्थाको अाधिकारिक परिचयपत्र बितरण कार्यक्रम संगै ८ जना साहित्यकारहरुले विभिन्न बिधाका रचना वाचन समेत गरेका थिए ।
कार्यक्रममा भक्त कार्कीले कबिता वाचन, बेहोसि कृष्ण कार्की, रेसम राज बोगटी,खिमु काउचा गरिब, बासुदेब कुमार दनुवार र तारा सोमै मगर संकल्पले गजल वाचन त्यस्तै मोती निरौला र एकदेव कुमार चौधरीले मुक्तक वाचन गरेका थीए।
सो कार्यक्रममा मलेसियामा रहेका विभिन्न सामाजिक संघसंस्था, राजनीतिक दलका प्रतिनिधि , पत्रकार , श्रमिकवर्ग लगायतकोले पालैपालो तिजको उपलक्ष्यमा शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
बिश्व महामारीको रुपमा फैलिएको काेभिड १९ काेराेना भाइरसका कारण बर्तमान समयमा भाैतिक उपस्थिती जनाएर कार्यक्रम गर्न नसकिने कुरालाई मध्येनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएकाे थियाे।
साहित्यिक चौतारी नेपाल मलेसिया शाखाकाे फेसबुक पेजमा फेसबुक लाईभ मार्फत बिश्वब्यापी रुपमा हेर्न र सुन्न मिल्नेगरी प्रशारीत कार्यक्रमकाे सञ्चालन साहित्यिक चौतारी नेपाल मलेसिया शाखा संरक्षक राम प्रसाद सुबेदी संगमले गरेका थिए भने प्राविधिक सहयाेग शिरीष बन्जाडेले गरेका थिए ।




















