डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको बैठक आजदेखि शुरु।

काठमाडौं:= विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रको बैठक आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट हुने बैठक नेपालको अध्यक्षतामा हुन लागेको हो । ११ देशका स्वास्थ्य मन्त्रीहरू, डब्लुएचओका महानिर्देशक, क्षेत्रीय निर्देशक र अन्य वरिष्ठ स्वास्थ्य अधिकारीहरू र विज्ञहरू सहभागी हुने यस दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं सत्रको आयोजक नेपाल रहेको छ ।

यसअघि नेपालले सन् २००९ मा क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो । कोभिड–१९ महामारीका कारण यो सत्र भर्चुअल माध्यमबाट गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।