काठमाडौं:= निर्देशक शोभित बस्नेतको छायांकनरत ३१औं निर्देशकीय चलचित्र ‘डाँडाको वरपीपल’ को गीत ‘झुसेली जुँगा ओठमाथि’ को तस्वीर चलचित्र युनिटले सार्वजनिक गरेको छ ।
चित्लाङमा छायांकन भइरहेको गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री रुविना थापा फिचर्ड छन् । सलोनलाई निकै फरक गेटअपमा प्रस्तुत गरिएको छ । उहाले जुँगा लगाएको तस्वीरमा फरकपन देख्न सकिन्छ ।
यसअघि यो खालको तस्वीर नदेखिएकाले सलोनलाई न्यू लुक्स भन्दै राम्रो प्रतिक्रिया मिलेको छ । दशैँमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने फिल्मको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहनु भएको छ ।
६० दिनको छायांकन सेड्युल रहेको फिल्म काठमाडौं र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिनेछ । चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अप्सरा थापा, हिउँवाला गौतम, उतम केसी, रश्मी भट्ट, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ ।
बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा नवराज गिरीको लगानी छ । रामकाजी घिमिरेको लेखन रहने चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन रहनेछ ।




















