नेपाल–भारत बिचको मैत्रीपुर्ण खेलमा २-१ गोल अन्तरले नेपाल हार्यो।

काठमाडौं := नेपाल–भारत बिचको दोस्रो मैत्रीपुर्ण फुटबल खेलमा नेपाल भारतसंग २-१ गोल अन्तरले हार ब्यहोरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ८६ औं मिनेटमा नेपाल्लले पहिलो गोल फर्काए पनि भारतलाई फ़ेरि पनि जित्न सकेन। खेलमा भारतले नेपालविरुद्ध २ गोल गर्दै जित हासिल गरेका हुन।

खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले ६२ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए ।फारुख ४६औँ मिनेटमा विपीन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले नेपाल डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए। यसरी नै ८० औँ मिनेटमा भारतका सुनिल क्षत्रीले अर्को गोल गर्दै भारतलाई अग्रता दिलाउदै जित दर्ता गराउन सफल भएका हुन।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ । नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेलमा १-१ को बराबरी खेलेको थियो।

नेपाल – भारत बिचको मैत्रीपुर्ण खेल हेर्न एमाले अध्यक्ष केपी शर्मा ओली समेत रंगशाला पुगेका थिए।