‘दसैंंको बेला हिरोको मेला’

काठमाडौं:= नेपालस्थित हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनेरल मार्केटिङ प्रालिले नेपालीहरूको महान् चाड बडादसैं २०७८ को उपलक्ष्यमा ‘दसैंंको बेला हिरोको मेला’ योजना ल्याएको छ । योजनाअन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर खरिदमा ग्राहकले छ हजार पक्का डिस्काउन्ट, स्क्र्याच कार्डमार्फत् एक लाखसम्म र बम्पर लक्की ड्रमार्फत् एकजनाले एक लाख नगद पाउने कम्पनीले जनाएको छ । साथै शून्य व्याजमा ५० प्रतिशत फाइनान्स सुविधासमेत उपलब्ध रहेको छ।