इथियोपियामा सेनाको कारबाहीमा ५ हजार टिंग्रे विद्रोही मारिएको दाबी।

एजेन्सी:= अफ्रिकी मुलुक इथियोपियामा सेनाले गरेको कारबाहीमा बिद्रोही समुह टिग्रेका ५ हजार बढी लडाकु मारिएको दाबी इथियोपियाली सेनाले दाबी गरेको छ।

गत नोभेम्बरदेखि आतंकवादी गतिविधीलाई तीब्रता दिएको सो बिद्रोही समुहमाथि इथियोपियाली सेनाले हालै गरेको कारबाहीमा ५ हजार ६ सय बिद्रोही मारिएको दाबी गरिएको हो। घटनामा २ हजार ३ सय बिद्रोही घाइते भएको र २ हजारलाई नियन्त्रणमा लिईएको जनाईएको छ । यसअघि संयुक्त राष्ट्रसंघले इथियोपियामा जारी संघर्षकाबीच लाखौं भोकमरीको शिकार बनिरहेको बताएको थियो।

सो समुहले इथियोपियाको अमहारा र अफार क्षेत्र लगभग कब्जामा लिइसकेको अवस्थामा इथियोपियाली सेनाले उनीहरु बिरुद्ध आक्रमण तीब्र पारेको हो। यसअघि बिद्र्रोही र इथियोपियाली सेनाबीच पछिल्लो समय भएको संघर्षकाबीच हजारौं मानिस सुडान पलाएन भईसकेका छन्। टिगं्रे बिद्रोहीले भने इथियोपियाको सत्तामा सहभागिता माग गर्दै बर्षौंदेखि संघर्ष जारी राख्दै आएको छ।