अशोक दर्जीको हिन्दी गीत ‘माँ’

काठमाडौं:= नेपाली गीतसंगीतको बालगायनको क्षेत्रमा छुट्टै पहिचान बनाउनुभएका बालगायक अशोक दर्जीले पहिलोपटक हिन्दी गीत गाउनुभएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘माँ’ बोलको गीत अशोकको पहिलो हिन्दी गीत हो । यसअघि अशोकले स्वर दिएका थुप्र्रै नेपाली गीत हिट छन् ।

सार्वजनिक भएको ‘माँ’ गीतमा उहाँका संरक्षक गायक तथा संगीतकार टंक बुढाथोकीको संगीत र एरेन्ज रहेको छ । यस्तै गीतमा शब्द भने समिर खानले लेख्नुभएको छ । टंक बुढाथोकी युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतको भिडियोको स्टोरी तथा निर्देशन डीआर सुजनले गर्नुभएको छ । भिडियोमा कञ्चन सापकोटा, काजल भुजेल, जोनिश अधिकारी, जुलान अधिकारी र अशोक निरौलाको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले खिच्नुभएको गीतलाई विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ । भिडियोमा लगानी भने काजल भुजेलको रहेको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गीतको कन्सेप्टको विषयमा जानकारी गराइयो । अशोकका संरक्षक टंक बुढाथोकीले अशोकको प्रतिभालाई भारतीय बजारमा पनि लैजानुपर्छ भनेर हिन्दी गीत गाउने अवसरलाई स्विकारेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘धेरै दर्शक तथा श्रोताको यसअघि प्रतिक्रिया पनि आइरहेको थियो कि अशोक ठूलो हुँदै गएपछि स्वर के हुन्छ, स्वर बिग्रिन्छ होला । पछि के गर्छन् अशोकले भन्ने जस्ता कुरा आइरहेको थियो । यसैबीच मैले अशोकको स्वरलाई हिन्दी गीतको बजारमा पनि पु¥याउनुपर्छ भन्ने लागिरहेको थियो । स्टुडियोसम्म डीआर सुजनसहितको टिम आउनुभयो र कुरा अगाडि बढेको हो ।’

गायक अशोकले पनि आफूले हिन्दी गीत गाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । अशोकले भन्नुभएको छ, ‘मलाई हिन्दी गीतको शब्द निकै मन प¥यो । विशेषतः यो गीत गाउँदा आफ्नै आमाको सम्झना निकै आएको थियो ।’