इजरायलमा १० नेपाली फरार, जान लागेका हजार श्रमिकलाई असर पर्न सक्ने।

इजरायल := तालिम तथा अध्ययनका लागि इजरायल पुगेकामध्ये १० नेपाली उतै फरार भएका छन् । इजरायलको तेल अविवस्थित नेपाली दूतावासले विज्ञप्तीमार्फत सो को बारे जनाकारी गराएको हो । फ’रार ती नेपाली इजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (एमएएसएचएभी)द्वारा सञ्चालित ‘लर्न एण्ड अर्न’ अन्तर्गत नेपालको साना किसान विकास बैंकबाट छनौट भई विभिन्न ५ वटा कृषि केन्द्रमा गएका हुन् ।

तिनीहरु ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल जाने विद्यार्थीहरु मध्येका नेपालीहरु स’म्पर्क विहिन भएका हुन् । देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैरकानुनी हिसाबले लुकि छिपी बस्ने कार्य गरेको भन्दै दूतावासले २–४ जनाको वदमासीले गर्दा वार्षिक ५ सय जनाको ढोका बन्द हुनसक्ने बताएको छ । त्यस्तै, दूतावासले ५ सय संख्यालाई बढाएर वार्षिक १ हजार पुर्याउने प्रयास भइ रहेकोमा नेपालीहरुको यस्ता अवै’धानिक क्रियाकलापले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने जनाएको छ ।

दूतावासका अनुसार ‘सेडोट नेगेभ एग्रि कल्चर ट्रेनिङ सेन्टर’ बाट ४ जना, ‘द एक्सटर्नल स्टडिज इन्टिच्युट’ बाट २ जना, किन्नेरेटस्थित कलेजबाट २ जना, ‘अराभ इन्टर नेशनल सेन्टर फर एग्रि कलचर ट्रेनिङ सेन्टर’ बाट २ जना गरी जम्मा १० नेपाली सम्पर्क विहीन छन् । उनीहरू इजरायलको विभिन्न ट्रेनिङ सेन्टरमा अध्ययन तथा तालिममा संलग्न थिए । विज्ञप्तीमा भनिएको छ, ‘विद्यार्थीबाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्कविहिन भएको पाइएको छ ।

उनीहरु सबैको खोजी भइरहेको छ भने केहीको पत्तो लागिसकेको छ । प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ।’ साथै, दूतावासले सम्पर्कविहिन विद्यार्थीलगायत अन्य नेपालीहरुलाई तुरुन्त सम्पर्क मा आउन आग्रह गरेको छ । अन्यथा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने जनाएको छ ।