काठमाडौं:= गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् ।
एनआरएनएको आगामी कार्यकालको लागि रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिइएका थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहका हुन् ।
अध्यक्षकी उम्मेदवार रविना थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवारि दिने बताइन्। विश्वभरका नेपाली युवा ब्यावसायीक,श्रमिक तथा उल्लेख्य महिलाहरुको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ रहेको छ ।

तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन्। त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ । थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी अनुभवी महिला हुन्।




















