‘बीग बोस’ विजेता भारतीय अभिनेता सिद्धार्थ शुक्लाको निधन।

एजेन्सी:= टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ । ४० बर्षको उमेरमा बिहिबार हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टमको तयारी भैरहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनले बुधबार राति सुत्नुअघि केहि औषधि खाएर सुतेका थिए । राति नै उनलाई हृदयघात भएको बताइएको छ । उनको शरिरमा बाहिरी चोटपटक लागेको छैन ।