हामी भारत बिरुद्धका दुबै खेल जीत्न चाहन्छौँ: अल्मुताईरी।

काठमाडौं := नेपाली राष्ट्रिय फुटवल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आफूले भारत बिरुद्धका दुबै मैत्रीपूर्ण खेल जीत्न चाहेको बताएका छन् । प्रिम्याच कन्फेरेन्समा बोल्दै प्रशिक्षक अल्मुताईरीले नेपाली टोलीले राम्रो प्रदर्शन गर्ने पनि बताए ।

उनले फेसबुक स्टाटसका बारेमा स्पष्टीकरण दिदैँ अब दर्शकहरुले मैले फेसबुकमा के लेँखे भन्दा पनि खेलमा केन्द्रीत हुन आग्रह गरे । यसै गरी नेपाली टोलीका कप्तान किरण चेमजोङले दक्षिण एशियाली टोलीमा सातौँ स्थानमा रहेको भए पनि लक्ष्य ठूलो भएकाले टिमले राम्रो गर्ने बताए ।

आफूहरुले एशिया कपमा छनौट हुने लक्ष्य राखेको पनि बताए ।
एन्फा उपाध्यक्ष उपेन्द्र सिंहले कोभिडका बीच पनि दर्शक सहित फुटवल खेलाउन पाउनु खुसीको कुरा भएको बताए ।