काठमाडौं:= अभिनेता प्रदीप बास्तोला सम्मानित हुनु भएको छ। बास्तोलालाई राजधानीमा आयोजित एक विशेष कार्यक्रममा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले प्रमाणपत्र, दोसल्ला र खादाले सम्मान गर्नुभएको हो । ‘राष्ट्रलाई पु¥याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान’ भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८’ बाट बास्तोला सम्मानित हुनुभएको हो ।
कार्यक्रममा प्रथम उपाराष्ट्रपतिसहित विशेष अतिथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सिईओ तथा निर्देशक निशु कान्त झाले संयुक्त रूपमा सम्मानित गर्नुभएको हो ।
बास्तोलाले विगत आधा दशकदेखि चलचित्र, लघुचलचित्र, नाटक, म्युजिक भिडियो, एवं विज्ञापनमार्फत समाजको विभिन्न चरित्र एवं विषयवस्तुलाई उठानगरी समाजलाई सचेतनातर्फ उन्मुख गराउनका निमित्त पु¥याएको योगदानको कदर गर्दै सम्मानित गरिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मीलगायत विभिन्न विधाका लगभग ८० जना व्यक्तित्व तथा स्रष्टालाई योगदानको आधारमा सम्मानित गरिएको थियो ।




















