सुदुरपश्चिमका बहुमत एमाले सांसदले पछ्याएनन् रावललाई , १३ जना माधवको समाजवादीतिर लागे।

कैलाली := एमाले सिंगो पार्टी हुँदा सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता रहेका भीम रावल माधव नेपालको साथ छाडेर एमालेमै रहेपछि धेरै त्यस भेगका नेता उनको पछि लाग्ने अनुमान गरिएको थियो ।

तर प्रदेशका सांसदले सो अनुमानलाई गलत सावित गर्दै बहुमत सांसद एमाले छाडेर एकीकृत समाजवादीतिर खुलेका छन् । २५ जना एमाले सांसद मध्य बहुमत अर्थात १३ सांसद समाजवादीतिर खुलेका हुन् । उनीहरुले निर्वाचन आयोगमा सनाखतको तयारी गरेका छन् ।

त्यसरी समाजवादीतिर लाग्ने सांसदहरुमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट रहेका छन् । त्यस अघि बागमती प्रदेशका १२ र प्रदेश १ का १० जना सांसदले समाजवादी रोजेका छन् ।