तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल भाद्र १५ गते मंगलबार नवमी तिथि भाद्र कृष्ण पक्षः सूर्योदय ५ः ४२ सूर्यास्त १८ः २४ श्रीकृष्ण रथ यात्रा ।

मेष : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।

वृष : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

मिथुन : लक्ष्मीका कृपाले धनलाभ हुन सक्छ ।

कर्कट : यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी सुखसमेत प्राप्त हुन सक्छ ।

सिंह : साथीभाइहरूको सहयोगले काम सफल हुन सक्छ ।

कन्या : पठनपाठनका क्षेत्रमा विशेष रुचि बढ्नेछ ।

तुला : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

वृश्चिक : आमाको आशीर्वादले काम सफल हुन सक्छ ।

धनु : मान सम्मान पाउँदा मन हर्षित हुनेछ  ।

मकर : शत्रु पक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

कुम्भ : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

मीन : धार्मिक कार्यमा सक्रिय सहभागिता हुन सक्छ ।