काठमाडौं:= नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गर्नु भएको छ ।
कांग्रेसको काठमाडौं ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो । थापाले आफू कुनै पनि प्यानलमा नभई सर्वसम्मत उम्मेदवार बन्न प्रयास गरिरहेको बताउनु भएको छ ।




















