काठमाडौं:= कोरोना संक्रमणका कारण केही सुस्त देखिएका मनोरञ्जन क्षेत्र फेरि सञ्चालन हुन थालेका छन् । यतिबेला विभिन्न अवार्ड र सम्मानका कार्यक्रम हुन थालेका छन् । यही मेसेमो विगत दुई संस्करण सम्पन्न भएको सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ ।
अर्थ नेपाल प्रालिलेको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुला भएको आयोजक संस्थाद्वारा आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराइएको छ । अवार्डमा साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । यो अवार्ड २०७८ मा २०७६ वैशाखदेखि २०७७ चैतसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्डका अध्यक्ष मनोज थापाले बताउनुभयो ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीले सहभागी हुनसक्ने छन् ।
तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एकजना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने तथा गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।




















