सिंगापुर:= सिंगापुरले आफ्नो जनसंख्याको ८० प्रतिशतलाई पूर्ण खोप लगाएको छ । सिंगापुरले आफ्नो कुल जनसंख्या ५७ लाखको ८० प्रतिशतलाई पूर्ण खोप लगाएको जनाएको छ । सक्षम सबैले खोप लगाएपछि सिंगापुरले अब कोभिड–१९ विरुद्ध लगाइएको मापदण्ड खुकुलो बनाउने दिशातिर उन्मुख भएको छ ।
सिंगापुरको स्वास्थ्य मन्त्री ओङ ए कुंगले आइतबार सामाजिक सञ्जालमा जानकारी साझा गर्नुहुँदै सक्षम सबैले खोप लगाइसकेकोले अब कोभिडविरुद्धको सतर्कताका उपाय विस्तारै खुकुलो गरिने उल्लेख गर्नुभएको छ । सिंगापुरबाहेक युनाइटेड अरब एमिरेटस (यूएई), चिली, ऊरुग्वेलेसमेत आफ्नो कुल जनसंख्याको ७० प्रतिशतलाई खोप लगाइसकेको छ ।
सिंगापुरले जनवरी सातमा खोप अभियान सुरु गरेको थियो । उसले बायोएनटेक र मोर्डनाको खोपमा आश्रित थियो । मन्त्री कुंगले सिंगापुर अब अझै सामान्य हुने र जीविकोपार्जन अझै सुरक्षित हुने प्रतिक्रिया दिनुभएको छ ।




















