तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

काठमाडौं:= आज मिति २०७८ साल भाद्र   १४ गते  सोमबार  अष्टमी  तिथि  भाद्र कृष्ण पक्षः सूर्योदय ५ः४२  सूर्यास्त १८ः २५  श्री कृष्ण जन्माष्टमी व्रत ।

मेष : विशिष्ट व्यक्तित्वहरूसँग भेट हुँदा मन खुसी हुनेछ ।

वृष : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।

मिथुन : मान सम्मान पाउँदा मन हर्षित हुनसक्छ ।

कर्कट : नसोचेको ठाउँमा धन खर्च हुनसक्छ ।

सिंह : लक्ष्मीका कृपाले धनलाभ हुनसक्छ ।

कन्या : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

तुला : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ  ।

वृश्चिक : अध्ययन अनुसन्धानका कार्यमा सक्रिय सहभागिता हुनसक्छ ।

धनु : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ  ।

मकर : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ  ।

कुम्भ : साथीभाइहरूको सहयोगले काम सफल हुनसक्छ ।

मीन : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।