विष्णु माझी आफ्नो जीवनमा खुशी छिन्, मनगढन्ते टिप्पणी नगरौं: सुनिता दुलाल।

काठमाडौं := ‘चरी जेलैमा’ गीत हिट भएसँगै शहरमा विष्णु माझीको चर्चा छ । उनको गुप्तवासलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टिप्पणीहरु भइरहेका छन् । माझीलाई आफ्नै श्रीमानले घरबाट निस्कन नदिएर ब’न्धक जसरी राखेको चर्चा व्याप्त रहँदा गायिका सुनिता दुलालले सामाजिक सञ्जालमा आफ्नो भनाइ राखेकी छन् । उनको भनाइमा विष्णु माझीका विषयमा गरिएका टिकाटिप्पणीहरु अनुमानित, मनगढन्ते र भ्रामक छन् ।

‘कतिले भन्छन्, विष्णु माझीलाई उनका श्रीमान सुन्दरमणी अधिकारीले बन्धक बनाएका छन् रे, उनकै दबाबका कारण उनी बाहिर निस्कन सकेकी छैनन् रे !’ दुलालले भनेकी छन् ।उनी थप्छिन्, ‘यी सबै सुन्दा, पढ्दा आश्चर्य लाग्छ । यो युग हाम्रो हजुर बुबा–हजुरआमाको पालाको होइन कि अरुको दबाब र बन्धक बनेर बस्नुपर्ने र जे पनि सहनुपर्ने ।

त्यसैले मलाई लाग्दैन विष्णु माझी कसैको दबाबमा छिन् । उनी त आफ्नो व्यक्तिगत जीवनको भरपुर आनन्द लिइरहेकी छिन् ।’‘अनि अर्को कुरा यदि मान्छे पीडामा छ अथवा कसैले पीडा दिइरहेको छ भने सधैं सहेर बस्दैन। अझै यति चर्चित गायिका त्यो पी’डा सहेर बस्नुहोला भन्ने मैले सोच्नै सक्दिनँ ।

त्यसैले कसैको व्यक्तिगत जीवनलाई लिएर अरुमाथि आक्षेप नलगाऔं, हस्तक्षेप नगरौं यही नै विष्णु माझीका लागि सच्चा सम्मान हो ।’ उनले लेखेकी छन् ।दुलालले विष्णु माझी एक न एकदिन अवश्य बाहिर आउने आशा व्यक्त गरेकी छन् । उनले अनुकुल समय कुरेको हुनसक्ने माझीको तर्क छ ।