हरिवंश र मिलनको स्वरमा ‘ए कालु भेना’

काठमाडौं:= हरिवंश आचार्य र मिलन नेवारको स्वरमा रहेको गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । हरिवशकै शब्द र संगीत, किरण तुलाधरको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भीर विष्ट निर्देशित रहेको गीतको भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेललाई फिचरिङ गरिएको छ । गज्जब टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा नवराज उप्रेतीको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ ।