काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०औँ निर्देशक समितिको बैठकमा प्राधिकरणका पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।
बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको काम प्रभावकारी ढङ्गले सञ्चालन गर्न र त्यसका लागि सरकारले सबै किसिमको सहयोग गर्ने बताए। बैठकपछि प्राधिकरणका प्रमुख कार्यकारी अधि कृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ
बैठकले २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्ष’ति पु¥याएको भौतिक संरचना पुन र्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो जिम्मेवारी सम्बद्ध निकायलाई हस्तान्तरणमा लैजाने निर्णय भएको जानकारी प्रधानमन्त्री कार्यालयका उप सचिव बद्री तिवारीले दिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




















