काठमाडौं:= ओलम्पियन पौडीबाज (स्विमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिनुभएको हो । गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उहाँलाई कोरोना संक्रमण भएको हो । उहाँ अहिले आइसोलेसनमा हुनुहुन्छ । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्नुभएकी गौरिकाले लेख्नुभएको छ ।




















