एजेन्सी := पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी बख्तावर भुट्टो जरदारीले देशका महिलाहरुको स्थितिप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानमा पुरुषहरुलाई एक्लै सार्वजनिक स्थानहरुमा जान प्रतिब’न्ध लगाउन माग गरेकी छिन् । उनले यो महिलाको सु’रक्षाको लागि भएको बताएकी छिन् ।
उनले पुरुषहरुको साथमा उनीहरुकी आमा, दिदी, बहिनी वा पत्नी भएको अवस्थामा मात्र पुरुषहरुलाई सार्वजनिक ठाउँमा जान दिनुपर्ने बताएकी छिन्। भुट्टोको यो बयान सामाजिक संजालमा चर्चामा छ। कैयौंले उनको यो मागको बारेमा प्रश्न उठाएका छन् । त्यस पछि भुट्टोले आफ्नो यो बयानको विषयमा सफाइ पनि दिएकी छिन् । भुट्टोले ट्वीटरमा भनेकी छिन् ‘महिला विरु’द्ध लगातार बढिरहेको हिं,साका घटनाका कारण मैले यो सुझाव दिएकी हुँ ।
मलाई योभन्दा राम्रो कुनै विकल्प हुन्छ जस्तो लाग्दैन ।’ उनका अनुसार पुरुषहरुको साथमा आफन्त महिला भएपछि उनीहरु अर्की कुनै महिलाप्रति अ’भद्र व्यवहार गर्नु भन्दा पहिले २ पटक सोच्नेछन्। यस अघि १४ अगष्टका दिन पाकिस्तानको स्वतन्त्रता दिवसका क्रममा लाहोर ग्रेट इकबाल पार्कमा एक महिला यु’ट्युबर माथि भीडले अ’भद्र व्यवहार गरेका थिए। डनको रिपोर्ट अनुसार ती महिला आफ्ना ६ साथीहरुसँग मिनार ए पा’किस्तानमा भिडियो बनाइरहेकी थिइन् त्यही बेला भीडले उनीमाथि आ क्र’मण गरेको थियो।
यो घटना लगत्तै पाकि’स्तानमा महिलाहरुको सुर’क्षाको विषयमा बहस सुरु भएको थियो । भुट्टोले यो घटनाप्रति प्रतिक्रिया दिँदै यो निकै भयानक घटना भएको र घटना पुलिसकै अगाडि हुनु झनै दुर्भा’ग्य पूर्ण भएको बताएकी थिइन् । उनले महिलाहरुको सुर’क्षामा कमी भएको बताउँदै महिलाहरुको सुरक्षाका लागि महिलाहरुकै आवश्यकता भएको बताइन् । पछिल्लो समय अफगा’निस्तानमा महिलाहरु विरु’द्ध अप’राध बढेको देखिएको छ ।




















