मुम्बई:= तमिल फिल्म कञ्चना-३ मा देखिनु भएकी २४ वर्षीया रूसी नायिका एलेजान्द्रा जाभीको मृत्यु भएको छ । शुक्रबार एलेजान्द्रा गोवामा आफ्नो भाडाको फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो । उहाँ उत्तरी गोवाको सियोलिम गाउँमा बस्नुहुन्थ्यो । हाल गोवा प्रहरी पोस्टमार्टमका लागि रसियाली कन्सुलेटको प्रतीक्षा गरिरहेको छ ।
एक वरिष्ठ प्रहरी अधिकारील एलेजान्द्राको शवलाई शवगृहमा राखिएको बताउनुभएको छ । उहाँका अनुसार एलेजान्द्राको शवको पोस्टमार्टमका लागि रसियन कन्सुलेटद्वारा नो अब्जेक्सन सर्टिफिकेटको प्रतीक्षा गरिरहेका छन् । अर्कोतर्फ प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ । एलेजान्द्राका प्रेमीले आफ्नो बयान दिइसक्नु भएको छ । एलेजान्द्राका प्रेमी उहाँसँगै अपार्टमेन्टमा बस्दै खाउनु भएको थियो तर घटनाका बेला बाहिर जानुभएको थियो ।




















